खेलकुद

आइपीएल : धोनीको चेन्नइ पराजित

काठमाडौं । आइपीएलअन्तर्गत शनिबार भएको दोस्रो खेलमा अंकतालिकाको शिर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्ग्स पराजित भएको छ ।

महेन्द्रसिह धोनीको कप्तानीमा अंकतालिकाको शिर्ष स्थानमा रहेको चेन्नई राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएको हो ।

पहिला व्याटिङ गरेको चेन्नइले राजस्थानलाई १ सय ९० रनको लक्ष्य दिएको थियो । चेन्नइका लागि रुतुराज गैकवाडले सर्वाधिक १ सय १ रनको पारी खेले । जवाफी व्याटिङमा राजस्थान रोयल्सका शिवम दुबेले ६४ रन जोडे । उनी नटआउट रहे । त्यस्तै यशस्वी जैसवालले ५० रन जोडे ।

राजस्थानसँग पराजित भएपनि १८ अंकसहित चेन्नइ तालिकाको शिर्ष स्थानमा रहेको छ भने राजस्थान भने एक स्थान माथि उक्लिदै तालिकाको छैटौं स्थानमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *