खेलकुद

प्रिमियर लिग : चेल्सी शिर्ष स्थानमा उक्लियो

काठमाडौं । प्रिमियर लिग फुटबलको खेलमा साउथह्याप्टनमाथि ३–१ गोलको जित निकाल्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको छ ।

चेल्सीका लागि ट्रेभाच चोल्बा, टिमो वार्नर र वेन चिलवेलले समान एक–एक गोल गरे । साउथह्याप्टनका जेम्स वार्ड–पावर्सेले एक गोल फर्काए ।

खेलको ७७ औँ मिनेटमा १० खेलाडीमा सिमति भएको साउथह्याप्टनका जेम्सले रातो कार्ड पाएका थिए ।

जितसँगै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ७ खेल खेलेको चेल्सीको १६ अंक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *