काठमाडौं । आईपीएलअन्तर्गत शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ ।
मुम्बईले दिएको १ सय २९ रनको लक्ष्य १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्दै दिल्लीले चार विकेटले विजयी भएको हो ।
दिल्लीका लागि श्रेयस अय्यरले ३३, ऋषभ पन्तले २६, रवीचन्द्रन आश्विनले २० र शिमरोन हेटमायरले १५ रन जोड । मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, क्रुनाल पाण्डेय, जसप्रित बुमराह र नाथन कट्लर निलले समान एक–एक विकेट लिए ।
दुबईको शारजहामा टस हारेर ब्याटिङ शुरु गरेको मुम्बईले २० ओरभमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ३३ रन जोड ।
दिल्लीका अवेष खान र अक्सर पटेलले तीन–तीन तथा रविचन्द्रन आश्वीन र एनरिच नर्ट्जेले एक–एक विकेट लिए । जितसँगै दिल्ली १८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।




