खेलकुद

आइपीएल : पञ्जावसँग कलकता ५ विकेटले पराजित

काठमाडौं । आइपीएलअन्तर्गत आज भएको खेलमा पञ्जाव किङ्ग्स विजयी भएको छ ।

आज भएको खेलमा कोलकतालाई पञ्जावले ५ विकेटले पराजित गरेको हो । कलकता नाइट राइडर्सले दिएको १६६ रनको लक्ष्य पञ्जावले १९ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । कलकताका लागि वेन्काटेश लायरले सर्वाधिक ६७ रन जोडेको थिए भने कप्तान इयोन मोर्गान २ रनमा आउट भएका थिए ।

पञ्जावका कप्तान केयल राखुलले सर्वाधिक ६७ रन बनाए भने मयंक अग्रवालले ४० रन बनाए । अंकतालिकाको चौथो नम्बर रहेको कलकता आजको खेलमा पराजित भएपनि यथास्थानमै रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *