खेलकुद

नेपाल माल्दिभ्स फुटबल, पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्सका बिचमा शुरु भएको खेल पहिलो हाफमा बराबरी खेलेका छन् ।

च्याम्प्यिनसिपका लागि माले पुगेको नेपाली टिम अहिले माल्दिभ्ससँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल र माल्दिभ्सका खेलाडी कुनै पनि गोल गर्न सकेनन् ।

नेपालका तर्फबाट कप्तान किरण लिम्बू, गौत्तम श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, पुजन उपरकोटी, रोहित चन्द, अञ्जन विष्ट, सुजल श्रेष्ठ, तेज तामाङ र नवयुग श्रेष्ठ रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *