खेलकुद

पोखराले चितवनलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले पुरा ओभर खेलेर ७ विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

पोखराका लागि विवेक यादवले अविजित रहँदै अर्धशतक पारी खेले । उनले बलमा ३ छक्का र ३ चौकाको सहयोगमा रन ५३ जोडे । असेला गुनारान्टेले २५ रन बनाए । ओपनरद्वय रिचार्ड लेभीले २० र रित गौतमले २ रन जोडेका छन् । कप्तान विनोद भण्डारीले ५ रन जोड्दा लोकेश बामले ८ रनको योगदान गरे । केसरिक विलियमले २ रन जोडे । सुनिल धमला र विक्रम सोव शून्यमै आउट भएका छन् ।

चितवनका लागि शहव आलम र कमल ऐरीले समान दुई/दुई विकेट लिएका छन् । सोमपाल कामीले एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *