खेलकुद

आइपीएल : हैदरावादलाई ६ विकेटले हराउँदै चेन्नई प्ले अफमा

काठमाडौं । आइपीएलको आजको खेलमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।

हैदरावादले दिएको १३५ रनको लक्ष्य पछ्याएको चेन्नइले १९ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो । चेन्नइका लागि शुरेस रैना २ रनमा आउट भएपनि फाफ डु प्लेसिसले ४१, रुतुराज गैकवाडले ४५, कप्तान एमएस धोनीले १४ र अम्बाती रायडुले १७ रन बनाए ।

सनराइजर्सका लागि ऋद्धिमान शाहले सर्वाधिक ४४ रन बनाए भने अन्य व्याट्ुम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । जीतसँगै चेन्नइ अंकतालिकाको शिर्ष स्थानमै कायमै रहेको छ भने हैदरावाद भने तालिकाको पुछारमा रहेको छ ।

जीतसँगै चेन्नइ प्लेअफमा पुगेको छ । आइपीएलको यो सिजनमा प्लेअफमा पुग्ने चेन्नई पहिलो टिम बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *