खेलकुद

आईपीएलमा आज हैदराबाद र चेन्नईबीच प्रतिस्पर्धा हुने

दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद् र चेन्नई सुपर किङ्गबीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबईको सारजाह क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार पौने ८ बजेबाट शुरु हुनेछ ।गएराति भएको खेलमा भने रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

यस जितसँगै बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *