काठमाडौं । आइपीएलअन्तर्गतको आजको खेलमा रोयल च्यालेञ्जर्स बैगलोर विजयी भएको छ ।
राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै वैगलोर विजयी भएको हो । आरसीवीको जीतमा ग्लेन म्याक्सवेले अर्धसतकीय पारी खेले । कप्तान विराट कोहली २५ रनमा आउट हुँदा दुवदत्त पडिक्लल समेत २२ रनमा आउट भए ।
राजस्थान रोयल्सले दिएको १ सय ५० रनको लक्ष्य तिन विकेट गुमाएर १७ दशमलव १ ओभरमा लक्ष्य भेटायो । जीतसँगै आरसिबी अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ भने राजस्थान भने तालिकाको सातौं स्थानमा पुगेको छ ।




