खेलकुद

विराटनगरमाथि भैरहवाको सहज जित

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्ल्याडियटर्सले सहज जित हात पारेको छ । बुधबार भएको खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको हो ।

टियु मैदानमा विराटनगरले दिएको ९० रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । भैरहवाका लागि उपुर थंरगाले सर्वाधिक ३४ रन बनाए अविजित रहे । त्यस्तै, प्रदीप ऐरीले २२ रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *