काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्ल्याडियटर्सलाई विराटनगर वारियर्सले सामान्य रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु मैदानमा टस हारेर ब्याटिङको निम्तोमा पाएकाे विराटनगर खराव सुरुवात गर्दै १७.४ ओभरमा ८९ रन बनाएर अलआउट हुन पुगेको हो । विराटनगरका लागि दिलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । त्यस्तै, सुमित महर्जनले १३ रन बनाए भने ओपनर आसिफ शेख ११ रनमा बोल्ड आउट भए । अनिल कुमार शाह ११रनमा क्याच आउट हुँदा कप्तान करण केसीलाई भने कृष्ण कार्कीले बोल्डआउट गरे । वसन्त रेग्मी १० रनमा अविजित रहे ।
विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका धाम्मिका प्रसाद र आरिफ शेखले समान ३/३ विकेट लिए । त्यस्तै, अभिनाश बोहराले २ विकेट लिए भने दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा एकएक विकेट रह्यो ।




