खेलकुद

विराटनगरविरुद्ध ब्याटिङ गर्दै भैरहवा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामाअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडियर्टस्बीच प्रतिस्पर्धा जारी छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले टस हारेर ब्याटिङ गर्दैछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यसअघि ढिला गरि सुरु भएको सात ओभरको खेलमा पोखराले ललितपुर प्याट्रियट्सलाई नाै विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *