खेलकुद

आइपीएल : मुम्बईको सहज जीत

काठमाडौं । आइपीएल अन्तर्गत आज भएको दोस्रो खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।

पञ्जाव किङ्सले दिएको १३६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । मुम्बइका लागि शौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए भने हार्दिक पाण्डेयले ४० रन जोडे । कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा किरोन पोलार्ड १५ रनमा नटआउट रहे ।

पञ्जावका लागि आइडेन मार्करमले सर्वाधिक ४२ रन बनाउँदा कप्तान केएल राहुल २१ रनमा आउट भए भने क्रिश गृल १ रनमा एलविडब्ल्यु भए । जीतसँगै मुम्बई अंकतालिकाको ५ औं स्थानमा उक्लिएको छ भने पञ्जाव छैटौं स्थानमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *