खेलकुद

आइपीएल : दिल्लीलाई पराजित गर्दै कोलकता तालिकाको चौथो स्थानमा

काठमाडौं । आईपीएलअन्तर्गत आज भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ ।

दिल्लीले दिएको १२७ रनको लक्ष्य कोलकताले १८ दशमलव २ ओभर खेल्दै पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । कोलकताका सुनील नारनले २ विकेट लिए । यस्तै लकी फर्गुसनले २ विकेट लिए । वेनकाटेश अयेरले २ विकेट लिए ।

अंकतालिकाको चौथो स्थानमा रहेको कोलकताले शीर्ष चारमा रहेर क्वालिफायरमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *