काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको खेल पनि रद्ध भएको छ । बर्षाका कारण मैदान खेल हुनसक्ने अवस्थामा नरहेपछि आजको काठमाडौँ किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल रद्ध भएको आयोजकले जानकारी दिएका हुन् ।
खेल रद्ध भएपछि काठमाडौँ र पोखराले एक एक अंक बाडेका छन् ।
यस अघि सोमबारका दुवै खेल र आइतबारको एक खेल बर्षाले प्रभावित भएपछि रद्ध भएका थिए ।
योसँगै काठमाडौँ किंग्स इलेभेनले एक खेल जितर २ खेल रद्ध भएपछि ३ खेलमा ४ अंक हासिल गरेको छ ।
त्यस्तै पोखरा राइनोजका दुवै खेल रद्ध भएपछि २ अंक हासिल गरेको छ ।
अब बुधबार ललितपुर प्याट्रीयट्स र पोखरा राइनोज तथा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारियर्सबीच खेल हुने तालिका रहेको छ ।
लिग चरणमा एक टिमले पाँच खेल खेल्ने हुनाले बर्षाले प्रभावित हुदा प्लेअफको समीकरणनै कस्तो बन्छ भन्ने अनुमान गर्न मुश्किल बनेको छ ।
गत शनिबारदेखि शुरु भएको इपिएलको यो चौथो संस्करण असोज २३ गतेसम्म हुदै छ ।




