खेलकुद

आइपीएल : सनराइजर्स हैदरावाद ७ विकेटले विजयी

काठमाडौं । आइपीएल अन्तर्गतको आजको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

अंकतालिकाको पुछारमा रहेको हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदरावादले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा भेटायो ।

हैदरावादका लागि जेसन रोयले सर्वाधिक ६० रन बनाए भने कप्तान विलियम्सनले केन ५१ रनमा अविजित रहे । ऋद्धिमान शाहले १८ रन बनाए भने अविषेक शर्मा २१ रनमा अविजित रहे । त्यसअघि पहिलो व्याटिङ गरेको राजस्थानका कप्तान सन्जु सामसनले ८३ रन बनाए भने यशस्वी जैसवालले ३६ रन बनाए ।

जित निकालेपनि हैदरावाद अंकतालिकाको पुछारमा रहेको छ भने राजस्थान भने छैठौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *