खेलकुद

नेपाली फुटबल टिम माल्दिभ्स पुग्यो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ ।

साफ च्याम्पियनसिप खेल्नका लागि नेपाली टोली आज माले पुगेको हो । नेपाली टोली कतारमा १५ दिनको तयारी सकेर माल्दिभ्स पुगेको हो ।

कतारमा आइतबार राति ओमानसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली माल्दिभ्स गएको हो । ओमानसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित भएको थियो ।

असोज १५ गतेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *