काठमाडौं । साफ च्याम्पियनसिप–२०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ सदस्यीय टिम घोषणा गरेका हुन् । टिममा किरण लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ठकुरी, अन्तत तामाङ, गौत्तम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनीष डांगी, कमल थापा र रोहित चन्द छन् ।
माल्दिभ्समा असोज १५ गतेदेखि ३० गतेसम्म हुने प्रतियोगिताको तयारीका लागि नेपाली टिम कतारमा छ । नेपालले असोज १५ गते उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ ।




