खेलकुद

आइपीएल : चेन्नइको संघर्षपुर्ण जीत

काठमाडौं । आइपीएलअन्तर्गत आज भएको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ ।

कोलकता नाइट राइडर्ससँग भएको खेलमा चेन्नइले २ विकेटको संघर्षपुर्ण जित निकालेको हो । कोलकताले दिएको १ सय ७२ रनको लइष् पछ्याएको चेन्नइले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । कोलकताका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाएका थिए ।

चेन्नइका लागि भने फाफ डु प्लेसिसले सर्वाधिक ४३ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी एक रनमा आउट हुँदा रविन्द्र जडेजाले २२ रन बनाए । जितसँगै चेन्नइ अंकातालिकाको शिर्ष स्थानमा रहेको छ भने कालकता भने थौथो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *