खेलकुद

ईपीएल: राजाको अर्धशतकमा चितवनलाई १५२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारिवर्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ५२ रनको लक्ष्य दिएको छ ।

आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो ।

विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै, अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल शून्य रनमा नट आउट रहे ।

यसैगरी रायन पाठनले ४, चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेख शून्यमै आउट भए ।

चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले समान २/२ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *