काठमाडौं । आइपीएल अन्तर्गतको आजको खेलमा पञ्जाव किङ्ग्स ५ रनले विजयी भएको छ ।
पञ्जावले दिएको एक सय २६ रनको लक्ष्य सनराइजर्स हैदरावादले भेटाउन नसक्दा पञ्जाव विजयी भएको हो । हैदरावादले पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । पञ्जावका लागि कप्तान केएल राहुलले २३ रन बनाएका थिए भने क्रिश गेल १४ रनमा आउट भएका थिए ।
हैदरावादका लागि भने जसन होल्डरले सर्वाधिक ४७ रन बनाए । डेविड वार्नर २ रनमा आउट हुँदा ऋद्धिमान शाहले ३१ रन बनाए भने कप्तान विलियम्स केन एक रनमा आउट भए । अंकतालिको पुछारमा रहेका दुई टिमबिचको खेलपछि पञ्जाव ५ औं स्थानमा उक्लिएको छ भने हैदरावाद भने पुछारमा पुगेको छ ।




