काठमाडौं । आईपीएलअन्तर्गतको आज भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गर्दै अंकतालिाको शिर्षस्थानमा उक्लेको छ ।
युएईमा जारी आईपीएलमा लगातार दोस्रो जितपछि दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ । राजस्थान ९ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।
दिल्लीले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १२१ रन मात्र बनाउन सक्यो । राजस्थानका कप्तान सन्जु सामसनले अविजित सर्वाधिक ७० रन बनाएपनि अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।




