खेलकुद

आइपीएल : कोहलीको वैगलोर धोनीको चेन्नइसँग पराजित

काठमाडौं । आइपीएलअन्तर्गत आजको खेलमा चेन्नइ सुपर किङ्गस विजयी भएको छ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको किङ्गसले विराट कोहलीको कप्तानीमा रहेको रोय च्यालेन्जर्स वैगलोरलाई ६ विकेटले हराएको हो । टस हारेर पहिला व्याटिङ थालेको वैगलोरले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नइले १८ दशमलव १ ओरभमा ४ विकेटको क्षतिमा भेटाएको हो ।

चेन्नइका लागि रुतुराज गैक्वाडले ३८ रन बनाए भने कप्तान धोनीले ११ अम्बाती रायडुले ३२ रन बनाए । वैगलोरका लागि कप्तान कोहलीले अर्धसतकीय पारी खेले । कोहलीले ५३ रन बनाए भने देवदत्त पडिक्कलले ७० रन बनाए । जीतसँगै चेन्नइ अंकतालिकको शिर्ष स्थानमा पुगेको छ भने बैगलोर तेस्रो स्थानमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *