खेलकुद

आइपिएल : मुम्बई इन्डियन्स ७ विकेटले पराजित

काठमाडौं । आइपिएलअन्तर्गत आज भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्स पराजित भएको छ ।

कोलकाता नाइट राइडर्ससँगको खेलमा मुम्बई ७ विकेटले पराजित भएको हो । अघिल्लो वर्षको आइपिएलको उपाधी जितेको मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले ३ विकेटको क्षतिमा १५ दशमलव १ ओभरमै भेटायो ।

यसअघि व्याटिङ गरेको मुम्बइका लागि कप्तान रोहित शर्माले ३३ रन बनाएका थिए भने क्विन्टन डि ककले ५५ रन बनाएका थिए । जवाफी व्याटिङमा कोलकाताले ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । मुम्बइका लागि राहुल त्रिपाठीले सर्वाधिक ६७ रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *