काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने भएका छन् ।
यसअघि उनी कप्तान रहेको ललितपुर प्याट्रीयट्सले मल्लले प्रतियोगिता नखेल्ने जानकारी दिएको हो । कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका हुन् ।
इपिएलमा पूर्व कप्तान पारस खड्कासहित नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर बसन्त रेग्मीले समेत ईपीएल खेल्ने छैनन् ।




