खेलकुद

ज्ञानेन्द्र मल्ल इपिएल नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल यस सिजनको एभरेष्ट प्रिमियर लिग (इपीएल) नखेल्ने भएका छन् ।

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा ललितपुर प्याट्रिओट्सका कप्तान मल्ल नखेल्ने क्लबले जानकारी दिएको छ ।

उनले ललितपुरका सीईओलाई इ-मेलमार्फत आफु शतप्रतिशत प्रदर्शन गर्न तयार नरहेको बताउँदै प्रतियोगिता नखेल्ने जानकारी दिएका हुन् ।

मल्ल नखेल्ने भएपछि ललितपुरले आफ्नो नयाँ कप्तान भने अझै तोकेको छैन ।

ललितपुरमा राष्ट्रिय टिमका कुशल भुर्तेल, पवन सराफ लगायतका खेलाडी खेल्दै छन् भने विदेशी खेलाडीमा अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी लगायत खेल्दै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *