खेलकुद

आइपीएल : दिल्लीले हैदरावादलाई ८ विकेटले हरायो

काठमाडौं । आइपीएल अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

दुबईमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको हो । सनराइजर्सले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ दशमलव १ ओभरमा दुई विकेटको क्षतिमा भेटाएको हो ।

दिल्लीका लागि शिखर धवनले ४२ रन जोडे भने श्रेयस लायर ४७ रनमा अविजित रहे । कप्तान ऋसब पन्तले ३५ रन बनाए । हैदरावादका लागि रसिद खान र खलिल अममदले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला व्याटिङ थालेको हैदरावादका ऋद्धिमान शाह र कप्तान केन विलियम्सले समान १८ रन बनाए भने डेविड वार्नर शुन्य रनमा आउट भएका थिए ।

९ वटा खेलमा ७ वटामा जीत निकाल्दै दिल्ली तालिकको शिर्ष स्थानमा पुगेको छ भने ८ खेलमा ७ वटामा पराजित हुँदै हैदरावाद तालिकाको पुछारमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *