खेलकुद

आइपीएल : राजस्थान रोयल्सको रोमाञ्चक जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले पराजित गरेको छ ।

रोयल्सले दिएको १८६ रनको लक्ष्य पञ्जावले २० ओभर पुरै खेलेर ५ विकेट गुमाउँदै १ सय ८३ रन मात्रै बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

पञ्जाबका लागि कत्पान केयल राहुलले ४९ रन बनाए भने मयंक अग्रवालले ६७ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *