काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले अहिले हङकङविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफमा नेपाल र हङकङले गोलरहित बराबरी खेलेका छन्।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाल आज हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदानमा रहेको छ ।
एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।
बलियो टिम हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन। हङकङविरुद्धको हेड टु हेडमा समेत नेपाल कमजोर रहेको छ।
नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।
सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो। यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो।




