काठमाडौं । आइपीएल अन्तर्गत आजको खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स वैगलोरलाई ९ विकेटले पराजित गरेको छ ।
आवुधावीमा सम्पन्न खेलमा वैगलोरले दिएको ९२ रनको झिनो लक्ष्य केकेआरले १० ओभरमा एक विकेटको क्षतिमा भेटाएका हो । कोलकताका लागि शुभनम गिलले ४८ रन बनाए भने भेनक्याटस लायरले ४१ रन बनाए ।
आन्द्रे रसेलले शुन्य रनमा अविजित रहे । त्यसअघि पहिला व्याटिङ गरेको वैगलोरका कप्तान विराट कोहली ५ रनमै आउट भएका थिए । एवि डेविलियर्स शुन्य रनमा आउट हुँदा ग्लेन म्यक्सवेलले १० रन मात्रै बनाउन सके । वैगलोरका लागि ओपनर देवदत्त पडिक्कलले सर्वाधिक २२ रन बनाए ।




