खेलकुद

नेपालको जवाफी व्याटिङ शुरु

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नेपालले जवाफी व्याटिङ शुरु गरेको छ ।

ओमनले दिएको १ सय २२ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेपालको पहिलो विकेट पतन भएको छ । ओपनर कुशल भुर्तेल ६ रन बनाएर आउट भए । यसअघि नेपालले ओमनलाई ३७ दशमलव १ ओरभमै अलआउट गरेको थियो ।

नेपाली वलरसामु निरिह देखिएका ओमनका ब्याट्सम्यानहरुलाई ३१ दशमलव १ ओभरमा समेट्दै १ सय २१ रनमा अलआउट गराए ।

घरेलु टोली ओमनका ब्याट्सम्यानहरुलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र करण केसीले समान ४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए । यसअघि सिरिजको पहिलो खेलमा हार व्यहोरेको नेपालले ओमनसँग भएको दोस्रो खेलमा सामान्य लक्ष्य पाएको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *