खेलकुद

पेलेको स्वास्थ्य अबस्थामा सुधार

काठमाडौं । ब्राजिलका पूर्व पुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ ।

उनकी छोरी केलीले ठूलो आन्द्राभित्रबाट ट्युमर हटाउन गरिएको शल्यक्रियापछि पेलेको स्वास्थ्यमा सुधार आएको जानकारी दिएकी छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले शताब्दी–खेलाडीको उपाधिद्वारा सम्मानित ८० बर्षीय पेलेको स्वास्थ्य अबस्थाका बारेमा अनेकन समाचारहरु आइरहेका बेला छोरी केलीले अस्पतालको ओछ्यानमा बसिरहेका आफ्नो बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै स्वास्थ्यमा सुधार आएको जानकारी दिएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *