काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलअन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन साडियो माने, मोहमद सलाह र नावे केटियाले एक/एक गोल गरे ।
जितसँगै शीर्ष स्थानको लिभरपुलले पाँच खेलबाट १३ अंक जोडेको छ ।




