खेलकुद

फिलिपिन्सबिरुद्द पहिलो हाफमा नेपाललाई १-० को अग्रता

काठमाडौं।एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता बनाएको छ।

नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको हो । नेपालका लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

खेलको ३९ मिनेट चोट बोकेसङै किमलाले मैदान छाडेकी छिन् । उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी छिन् ।

पहिलो हाफमा गोल गरे पनि नेपालले डिफेन्सिभ खेल खेलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *