खेलकुद

फिलिपिन्सविरुद्ध प्रीति राईले आक्रमण समाल्ने

काठमाडौं।एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेल्ने नेपालको प्लेइङ सेट सार्वजनिक भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रीति राई, सविता राना मगर र विमला चौधरीलाई आक्रमणको भूमिका दिइएको हो ।

समूह एफको नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेणुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती–११ को मिडलाइनमा रेणुकासहित, दीपा राई, मञ्जलीकुमारी योन्जन र सरु लिम्बूलाई जिम्मेवारी दिएका छन् ।

डिफेन्समा हीराकुमारी भुजेल, गीता राना, अमृता जैशी र पूजा राना छन् । गोलरक्षकमा एन्जिला तुम्बाप्पो सुब्बा छिन् ।

नेपालको सुरुवाती- ११
गोलकिपर : एन्जिला सुब्बा
डिफेन्डर : हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पूजा राना
मिडफिल्डर : रेणुका नगरकोटी, सरु लिम्बू, मञ्जलीकुमारी योन्जन
फरवार्ड : प्रीति राई, सविता राना मगर, विमला चौधरी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *