काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाको दुई विेकेट पतन भएको छ ।
चौथो ओभरमा सन्दिप लामिछाने मेडन विकेट लिएका हुन् । उनले एकै ओभरमा एक रन पनि खर्च नगरेर दुई विकेट लिएका छन् ।
नेपालले दिएको १ सय ७५ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको अमेरिकाले समेत खरशा शुरुवाता गरेको छ । यसअघि टस हारेर व्णटिङ शुरु गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन मात्रै बनाउन सक्यो ।
पहिलो खेलमा अमेरिकाविरुद्ध जीत निकालेको नेपालले अमेरिकासँग आज भएको दोस्रो खेलमा रनको लक्ष्य दिएको हो ।
नेपालका लागि ओपनर आसिफ शेख ५ रन हुँदा आउट भएका थिए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलबीच ५१ रनको साझेदारी भयो ।
भुर्तेल ३६ रनमा आउट भए । कत्पान ज्ञानेन्द्र मल्लले ५५ रन बनाएर आउट हुँदा राष्ट्रिय टिममा डेव्यु गरेका गुल्शन झाले २८ रन बनाए । सन्दि लामिछानेले ११ रन बनाए भने शुसान भारीले २ रन बनाए ।




