काठमाडौं । विश्व फुटबल वरीयतामा नेपाल १६८औं स्थानमा यथावत् रहेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको हो । भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपाल पहिलो खेल १–१ को बराबरीमा रोक्न सकेको भएपनि दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।
दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत १०७ औं र माल्दिभ्स १५८ औं स्थानमा छन् । भारत दुई स्थान तल झरेको हो ।




