काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमनबिचको खेलमा नेपालले तेस्रो विेकट लिन सफल बनेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको सामान्य लक्ष्य पछ्याइ रहेको ओमानले तेस्रो विकेट गुमाएको हो । ओमानले १४औँ ओभरको दोस्रो बलमा तेस्रो विकेट गुमाएको हो ।
ओमानका जेसान मक्सोद ४ रन बनाएर आउट भएका हुन् । उनलाई नेपालका कुशल मल्लले क्याच आउट गराए । कुशलको बलमा आसिफ शेखले क्याच गराए ।




