खेलकुद

लासिथ मालिंगाद्वारा सबैखाले क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । चर्चित तथा स्टार क्रिकेटर लासिथ मालिंगाले सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । यसअघि उनले २०१९ मा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका मालिंगाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो राख्दै सन्यासको घोषणा गरेका हुन् ।

श्रीलंकालाई विश्वकप विजेता बनाएका मालिंगाको कप्तानीमा श्रीलंकाले २०१४ मा टी–ट्वान्टी विश्वकप जितेको थियो । मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २ सय २६ एकदिवसीय र ८४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *