खेलकुद

ओमनलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं । नेपालले ओमनलाई १ सय ९७ लक्ष्य दिएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानसामु १ सय ९ठ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन मात्र बनाउन सक्यो । नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए । रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए भने कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । करन केसीले २१ रन बनाउँदा सुसन भारी २ रनमा अविजित रहे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *