काठमाडौं । नेपालको चौथो विकेट पतन भएको छ ।
ओपनर कुशल भुर्तेल ८४ रन बनाएर पेभलियन फर्केपछि मैदान प्रवेश गरेका कुशल मल्ल एक रनमै आउट भएका हुन् । यसअघि एकदिवसीय क्रिकेटको ओपनिङमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल भुर्तेलले बनाएका थिए ।
२ सय ३१ रनको लक्ष्यसहित नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।




