काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
अमेरिकाले दिएको २३१ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेपालका ओपनर आशिफ सेख २३ रन बनाएर आउट भएका हुन् ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी व्याटिङ शुरु गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल मैदान प्रवेश गरेका छन् । अर्का ओपनर कुशल भुर्तेल भने ४० रन जोड्दै कप्तान मल्लसँग साझेदारी गरिरहेका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।




