खेलकुद

अमेरिकाले दिएको २३१ रनको विजयी लक्ष्यसहित नेपालको व्याटिङ शुरु

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो खेलमा नेपालले जवाफी व्याटिङ शुरु गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी व्याटिङ शुरु गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

जवाफी व्याटिङ शुरु गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ सेखले व्याटिङ गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *