काठमाडौं । लिभरपुलले प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
१० खेलाडीमा सीमित लिड्समाथि लिभरपुलले सहज जित निकालेको हो । खेलको २० औँ मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलको अग्रता शुरु भएको थियो । ५० औँ मिनेटमा फाबिन्होले गोल गरेका थिए ।
६० औँ मिनेटमा पास्कल स्ट्रूजिकले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा सिमित भएको थियो ।




