काठमाडौं । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबिचको फुटबल बराबरीमा रोकिएको छ ।
दोस्रो मन्त्रीपुर्ण खेलअन्तर्गत आज भएको खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएको हो ।
दुवै टोलीले गोलका थुप्रै अवसरहरु पाएको भएपनि गुमाएका थिए । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो ।
नेपालले एएफसी महिला एशियन कप–२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । खेलका लागि नेपाली टोली भोलि उज्बेकिस्तान प्रस्थान गर्नेछ ।




