खेलकुद

दीपेन्द्र सिंह ऐरी ओमानमा हुने सीडब्लुसी लिग-२ सिरिजबाट बाहिरिए

काठमाडौँ । क्रिकेटर दीपेन्द्र सिंह ऐरी ओमानमा हुने आइसीसी सीडब्लुसी लिग अन्तर्गतको त्रिकोणीय सिरिजबाट बाहिरिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ऐरीलाई दाहिने एन्कलमा इन्जुरी भएको भन्दै उनी सिरिजबाट बाहिरिएको जानकारी दिएको छ ।

ऐरीलाई दुई साताको पुरा आरामको सल्लाह दिइएको क्यानले जनाएको छ ।

नेपालले अमेरिका र आयोजक ओमानसँगको सिरिज सोमबारबाट खेल्दै छ । पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध खेल्दै छ ।

यस अघि नेपालले पपुवा न्यूगिनीविरुद्ध खेलेको दुई एकदिवसीय खेलको सिरिजमा पनि ऐरी खेलेका थिएनन् । नेपालको मध्यक्रमका भरपर्दा ब्याट्सम्यान ऐरी टिमबाट बाहिरिएपछि संकट बढेको छ ।

नेपालले पपुवा न्यूगिनीमाथि २-० ले जित हासिल गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *