काठमाडौं । म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरे ।
पहिलो हाफको इन्ज्यूरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेका ६२ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । जितसँगै लिगमा चार खेल खेलेको युनाइटेडले १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।




