खेलकुद

दक्षिण अमेरिकाको धेरै गोल गर्ने खेलाडी बन्दै मेस्सीले तोडे पेलेको किर्तिमान

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सी दक्षिण अमेरिकाको पुरुष फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

यसअघि ब्राजिलका खेलाडी पेलेका नाममा रहेको रेकर्ड ब्रेक गर्दै मेस्सीले १ सय ५३ खेलमा ७९ गोल गरेका हुन् ।

बोलिभियाविरुद्धको खेलमा मेस्सीले ह्याट्रिक गर्दै तिन गोल गरेका थिए । सन् २००६ मा क्रोयशियाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका मेस्सीले आज बोलिभियाविरुद्ध ३ गोल गरेपछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

पेलेले ९१ खेलमा ७७ गोल गरेर रेकर्ड बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *