काठमाडौं । नेपालले पपुवा न्युगिनीमाथि सानदार जीत हात पारेको छ ।
नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पिएनजीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८२ रनमात्रै बनाउन सक्यो ।
केहीबेर अघि सम्पन्न दोस्रो एकदिवसिय खेलमा नेपालको सन्दिप लामिछानेले आफ्नो करियरकै उत्कृष्ट बलिङ गर्दा नेपालले सजिलै जीत निकालेको हो ।
दोस्रो एकदिवसीयमा सन्दीपले ५ दशमलब एक बल बलिङ गर्दै ११ रनमात्रै दिएर ६ विकेट लिएका छन् । सन्दीपले यसअघि सन् २०२० मा भएको आईसीसी डिभिजन–२ अन्तर्गत यूएसएविरुद्धको खेलमा ६ ओभर बलिङ गर्दै ६ विकेट लिएर १६ रन खर्चेका थिए ।
त्यसअघि नेपालले पहिलो व्याटिङ गर्दै २ सय ३४ रनको लक्ष्य दिएको थियो । नेपालका लागि युवा खेलाडी रोहित पौडेलले सर्वाधिक ८६ रन बनाएका थिए । त्यस्तै करण केसीले ४२ रन र विनोद भण्डारीले नेपालका लागि १७ रन बनाए ।




