काठमाडौं । नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य दिएको छ ।
ओमानमा शुरु जारी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले सर्वाधिक रन बनाए । उनले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का हान्दै ८६ रन बनाए ।
नेपालका तर्फबाट करण केसीले २६ बलमा ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा बिनोद भण्डारी १७ रनमा रन आउट भए । २ सय ३४ रनको लक्ष्यसहित अहिले पपुवा न्यूगिनीले जवाफी व्याटिङ शुरु गरेको छ ।




